Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – भारतमा कोरोना भाइरसबाट संक्रमितको हेरचाह गर्न १० हजार शय्याको अस्पताल अर्थात् स्याहार गृह स्थापना गरिएको छ।

उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड-१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ ।

२० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन् ।

दिल्ली कोरोना महामारीबाट भारतको सबैभन्दा पीडित क्षेत्रमध्ये एक हो। भारतमा कोरोनाका कारण अहिलेसम्म १९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया