Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – जापानको राजधानी टोकियोमा आज (आइतबार) १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार १३१ जनामा संक्रमण देखिएकोमा आज त्यो संख्या भन्दा कम १११ जनामा संक्रमण पुष्टि भएको हो ।

कोभिड-१९ जापान डटकमको विवरण अनुसार टोकियोपछि आइतबार खानागावामा सबैभन्दा धेरै २० जनामा कोरोना देखिएको छ भने ओसाकामा ६ जनामा कोरोना पुष्टि भएको छ । टोकियोमा यसअघि शुक्रबार १२४ र विहिबार १०७ जनामा कोरोना देखिएको थियो ।

संक्रमितको संख्या बढेपछि टोकियोका गभर्नर युरिको कोइकेले टोकियोका बासिन्दालाई सीमा पार नगर्न आग्रह गरेका छन् । उनले यसरी कोरोना भाइरसको संक्रमण बढ्नु चिन्ताजनक रहेको बताए । जापानको संक्रमण दर अन्य धेरै देशहरूको तुलनामा निकै कम रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया