Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार ५ सय ४७ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार आइतबारमात्रै कोरोनालाई जितेर १२३ जना घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया