Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – जापानको राजधानी टोकियोमा पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा टोकियोमा कोरोना भाइरसका १३१ नयाँ संक्रमित फेला परेका हुन् ।

जापान टुडेले उल्लेख गरेको समाचार अनुसार टोकियोमा पछिल्लो तीन दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । टोकियोमा विहिबार १०७ जना, शुक्रबार १२४ जना र आज (शनिबार) १३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितको संख्या बढेपछि टोकियोका गभर्नर युरिको कोइकेले टोकियोका बासिन्दालाई सीमा पार नगर्न आग्रह गरेका छन् । उनले यसरी कोरोना भाइरसको संक्रमण बढ्नु चिन्ताजनक रहेको बताए । जापानको संक्रमण दर अन्य धेरै देशहरूको तुलनामा निकै कम रहँदै आएको छ तर, पछिल्ला केहि दिनयता संक्रमणका घटनाहरूमा भएको वृद्धि हो ।

टोकियोमा गत मे २५ मा आपतकालीन अवस्था हटाएसँगै कोरोना भाइरसका नयाँ संक्रमितको संख्या पनि २० भन्दा कममा रहँदै आएको थियो । पछिल्लो पटक मे २ मा टोकियोमा कोरोना भाइरसका नयाँ संक्रमित एक सय नाघेको थियो ।

तपाईको प्रतिक्रिया