Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा विकसित भएको टेक्सास राज्यका गभर्नरले राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागू गरेका छन्।

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि गभर्नर ग्रेगएबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वसाधारणलाई सार्वजनिक स्थानमा मास्क अनिवार्य रुपमा लगाउन आदेश दिएको बीबीसीले उल्लेख गरेको छ। टेक्सासमा पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी पर्नेहरुको संख्या पनि लगातार बढ्दै गएको छ।

लगातार राज्यको अर्थतन्त्र र व्यवसायलाई प्राथमिकतामा राख्दै आएका गभर्नर एबोटले सबैले मास्क लगाएमा व्यापार व्यवसाय चाँडो खोल्न पाइने बताएका छन्। उनले मास्क नलगाउनेलाई २५० अमेरिकी डलरसम्म जरिवाना तिराइने बताएका छन्। अमेरिकाका ५० राज्य मध्ये टेक्सासमा सबैभन्दा थोरै मात्रै २८ दिन लकडाउन लागू भएको थियो। लकडाउन खुलेपछि संक्रमण तीव्र गतिमा बढेपछि बाध्य भएर फेरि लकडाउनको नियम लागू भएको छ।

तपाईको प्रतिक्रिया