Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – भारतमा कोरोनाभाइरसविरुद्ध बनाइएको एउटा खोपको जुलाई महिनामा मानवमा परीक्षण हुने भएको छ । उक्त परीक्षणमा स्वयंसेवीहरू सहभागी हुनेछन् ।

हैदराबादस्थित भारत बायोटेकले निर्माण गरेको खोपको परीक्षणमा कति मानिस सहभागी हुन्छन् भन्ने स्पष्ट पारिएको छैन । पशुहरूमा गरिएको परीक्षणमा उक्त खोप सुरक्षित भएको र त्यसले शरीरको प्रतिरोध प्रणालीलाई सबल बनाउने देखिएको छ ।

अहिले विश्वका विभिन्न स्थानमा खोप बनाउने करिब १२० वटा परियोजना सञ्चालन भइरहेका छन् । छवटा भारतीय फर्महरू पनि खोप निर्माण र परीक्षणको काममा सहभागी छन् ।

भारतको पहिलो
भारतमै सङ्कलन गरेर प्रयोगशालामा निस्तेज बनाइएको कोरोनाभाइरस प्रयोग गरी भारत बायोटेकले पहिलो खोप निर्माण गरेको हो । प्रिक्लिनिकल परीक्षणका परिणामहरू पेस गरेपछि भारतीय औषधि नियामक निकायले आफूलाई दुई चरणमा मानव परीक्षण गर्ने अनुमति दिएको उसले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्थानीय रूपमा कोरोनाभाइरसको उक्त ‘स्ट्रेन’ (प्रकार) सङ्कलन गर्न सकिएकाले चाँडै खोप बनाउन सकिएको उक्त फर्मले बताएको छ । उक्त भाइरसलाई उसले कोभ्याक्सीन नामकरण गरेको छ । खोप निर्माणमा भारतको न्याश्नल इन्स्टिट्यूट अफ भाइरोलजी र इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चसँग सहकार्य गरिएको भारत बायोटेकका डा. कृष्ण एल्लाले बताए ।

उक्त फर्मले अहिलेसम्म विभिन्न खोपका चार अर्ब मात्रा विश्वभरि वितरण गरेको छ । तिनमा एचवनएनवन र रोटाभाइरसविरुद्ध निर्मित खोपहरू पनि छन् । बीबीसी

तपाईको प्रतिक्रिया