Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं  निर्माता तथा अभिनेता भुवन केसीले सामाजिक सञ्जाल फेसबूकमार्फत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

साम्राज्ञीले ३ दिनअघि इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ३ वटा फिल्ममा काम गर्दा नमिठो अनुभव भोगेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् ।

साम्राज्ञीेले पटकपटक फिल्ममा अभिनय गर्ने क्रममा मेकरले नराम्रो व्यवहार गरेको प्रतिक्रिया दिएकी थिइन् । चलचित्र ‘ड्रिम्स’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी साम्राज्ञीले आफूले यो फिल्ममा काम गर्दा नमीठो व्यवहार भोगेको खबरहबको कुराकानीमा समेत खुलासा गरेकी थिइन् ।

यसैबीच अभिनेता भुवन केसीले सामाजिक सञ्जालमार्फत ‘जुन थालमा खायो, उही थालमा दुलो पार्ने’ भन्दै टिप्पणी गरेका छन् ।

‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्?, जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने?,’ साम्राज्ञीलाई लक्षित गरी लेखिएको स्टाटसमा भुवनले भनेका छन्, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि ।’

भुवनले साम्राज्ञीलाई अभिनय गर्न नै नजानेको भन्दै प्रतिक्रिया समेत दिएका छन् । साम्राज्ञीले अरु मेकरलाई पनि आरोप लगाएकी छिन् । तर, अरु कसैले यसबारेमा अभिव्यक्ति दिएका छैनन् ।

साम्राज्ञीले ड्रिम्स, ए मेरो हजुर २, तिमीसँग, इन्टु मिन्टु लण्डनमा, कायरा, मारुनी, रातो टीका निधारमा लगायतका फिल्ममा अभिनय गरेकी छिन् । केही समययता उनले अभिनय गरेका फिल्मले खासै व्यवसायिक सफलता हात पारेका छैनन् ।

केही समयअघि साम्राज्ञीले एक भिडियोमार्फत अब वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने बताएकी थिइन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया