टोकियो – सर्वेक्षणअनुसार गत वर्ष महँगो शहरको सूचिमा दोस्रो स्थानमा रहेको टोकियो यस वर्ष एक स्थान तल झरेको हो । हङकङ भने लगातारतेस्रो वर्ष पनि महँगो शहरका रुपमा रहन सफल भएको छ ।
प्रतिवेदन अनुसार तुर्कमेनिस्तानको अश्गाबाट सर्वाधिक महँगो दोस्रो शहर बनेको छ । गत वर्ष भने यो सूचिमा साँतौं स्थानमा रहेको थियो।
एक स्थान माथि उक्लिएर स्वीटजरल्याण्डको जुरिख चौंथो स्थानमा आउँदा सिंंगापुर भने २ स्थान तल झरेर पाँचौं स्थानमा समेटिएकोछ । अमेरिकाको न्यूयोर्क सिटी सूचिको छैटौं स्थानमा छ ।
सूचीको शीर्ष १० भित्र पर्ने अन्य चार शहरमा चीनको साङहाई, जर्मनीको बर्न, स्वीटजरल्याण्डको जेनेभा र चीनको बेजिंग क्रमशः सातौंदेखि १० औं स्थानमा रहेका छन् ।
सर्वेक्षणमा हरेक शहरमा यातायात, खानेकुरा, लत्ताकपडा, घरायशी वस्तु लगायत २ सय भन्दा धेरै वस्तुको मूल्य मापन गरिएको थियो ।यस सर्वेक्षणमा न्यूयोर्क शहरलाई आधार शहरका रुपमा लिइएको छ । मुद्राको भाउमा हुने उतारचढाव भने अमेरिकी डलरमा आधारित छ।
सूचिको पुछारमा परेका शहरलाई आप्रवासीका लागि सबैभन्दा सस्तो शहर मान्दा ट्यूनिशियाको ट्यूनिश सर्वाधिक सस्तो शहर हो ।त्यस्तै गरी, नामिबियाको विन्डहोएक र उज्बेकिस्तानको ताश्केन्ट सर्वाधिक सस्तो दोस्रो शहरमा बराबरी छन् ।