Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025
काठमाडौ – जापान सरकारको सहयोगमा जापानी ठेकेदार हाज्माले विस्तार गरेको ६ लेन सडक ठाउँठाउँमा खाल्डाखुल्डी परेर दुर्घटना बढ्न थालेको छ ।
सरकारको महत्त्वाकांक्षी आयोजना र मुलुककै ठूलो एवं महँगो भनिएको तीनकुने-सूर्यविनायक सडक खण्ड हस्तान्तरण भएको एक वर्ष नबित्दै भत्कन थालेको हो ।
यो सडकको कोटेश्वर क्षेत्र, हनुमन्ते पुल, गट्ठाघर र ठिमीमा खाल्डाखुल्डी परेको छ ।
दुर्घटनानै हुने गरी बनेको खाल्डाखुल्डी बारे सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको ट्राफिक प्रहरी वृत्त कोटेश्वरका प्रहरी निरीक्षक शिव पोखरेले गुनासो गरे । ‘खाल्डाखुल्डीकै कारण आधा दर्जनभन्दा बढी सवारी दुर्घटना भइसके,’ उनले भने, ‘सम्बन्धित निकायमा जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन ।’
निर्माण कम्पनीले सडक हस्तान्तरण गरेको एक वर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको छ । यो सडक गत सप्टेम्बरमा मात्र सरकारलाई हस्तान्तरण भएको हो ।
जापानले दिएको २ अर्ब रुपैयाँमा ९ दशमलव १ किलोमिटरको यो सडक बनेको हो । ६ लेनको सडक भनिए पनि २ लेनको सर्भिसट्रयाकको निर्माण भने सरकारले गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया