Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – नेचर जियोसाइन्स जर्नलमा छापिएको खबर अनुसार ३ लाख दश हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको तमु मस्सीफ (TAMU MASSIF) ज्वालामुखी पहाड मंगल ग्रहको ओलिम्पस मन्स ज्वालामुखी जत्रै मान्न सकिन्छ । स्मरण रहोस् मंगल ग्रहको उक्त ज्वालामुखील सौर्य मण्डलकै सबैभन्दा ठूलो ज्वालामुखी हो ।

तर अनौठो के छ भने यो ज्वालामुखी पहाड प्रशान्त महासागरको सामुद्रिक लहर भन्दा मुनि छ ।

जापानको पूर्वतर्फको प्रशान्त महासागरमा रहेको तमु मस्सीफ पृथ्वीकै ठूलो ज्वालामुखी पहाड हो ।  तमु मस्सीफ समुद्रको सतह भन्दा २ किलोमिटर तल छ ।  यो ज्वालामुखी जापानको सिमा क्षेत्रभन्दा १६ सय किलोमिटर पूर्व पानी मुनि Shatsky Rise नामको पठारमा छ । यो पहाड लकभक सिंगो जापान जत्रो छ ।

वैज्ञानिकहरुका अनुसार यो ज्वालामुखी साढे १४ करोड वर्ष पहिले निर्माण भएको हो । अहिले यो ज्वालामुखी मृत भैसकेको र फेरी विस्फोटनको सम्भावना नरहेको वैज्ञानिकहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया