Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – सदरमुकाम बेनीबजारबाट नौ किलोमिटर पश्चिम बेनी नपा–४ मा म्याग्दी नदीको किनारमा अवस्थित सिंगा – तातोपानीे कुण्ड देशकै प्रसिद्ध तातोपानीको कुण्ड हो ।

प्राकृतिक चिकित्सालय मानिने म्याग्दीका तातोपानी कुण्डहरुको पानी अनुसन्धानका लागि थुप्रै अनुसन्धानकर्ता लागिपरेका छन् ।

यहि क्रममा म्याग्दीलाई कार्यक्षेत्र बनाउँदै आएका जापानी नागरिक सुन्य आवामुरा केहि समय अगाडी म्याग्दीमा रहेका तातोपानी कुण्डमा पुगेर खोज, अनुसन्धान र प्रचारप्रसारमा व्यस्त थिए ।

उनी गत मार्चसम्म  दुई वर्षका लागि सामुदायिक विकास तथा हरियाली आयोजनाका लागि नेपाल आएका थिए । अहिले उनी सो अवधि सकिएर जापान फिर्ता भइसकेका छन् ।

आवामुरा नेपाल हुँदाको पछिल्लो केहि महिना पहाडबाट निस्किएको प्राकृतिक तातोपानीतिर आकर्षित भए । रासस अनुसार विदेशी पर्यटकलाई प्राकृतिक तातोपानी कुण्डमा आकर्षित गर्ने हेतुले जापानी नागरिक सुन्य आवामुराले म्याग्दी जिल्लाका विभिन्न स्थानमा रहेका साना–ठूला सबै तातोपानी कुण्डको ‘प्रोफाइल’ बनाएका छन्। उनले कुण्डको साम्रगी अङ्ग्रेजी र जापानी भाषामा तयार गरिरहेका थिए।

तातोपानी कुण्ड जाने नक्सा, तातोपानीको महत्व तथा आसपासमा रहेका होटल, जैविक तरकारी लगायतका महत्वलाई समेटेर प्रचार साम्रगी तयार पारेका आवामुरा तातोपानी कुण्डलाई मात्रै प्रचार गरे पनि म्याग्दीमा बर्सेनि हजारौँ विदेशी पर्यटक ल्याउन सकिने बताउछन्।

उनले पहिलो चरणमा एशियाली मुलुक हुँदै विश्वभर तातोपानी कुण्डको सन्देश पुर्‍याउने आफ्नो चाहना रहेको बताए।

यहाको तातोपानीको गुणस्तर, डिग्री, रंग, सफा र पिउन मिल्छा मिल्दैन कुराको अनुसन्धान गरेको बताउने सुन्य यहाको तातोपानीमा मुलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा बिरेनुन र गन्धक मिश्रित वासना आउने भएकाले यहाको तातोपानी हिरा जस्तै महत्व छ भन्दछन् ।

विश्वभर फैलिएको कोरोनाको त्रासका कारण म्याग्दीको तातोपानी कुण्ड अहिले अनिश्चितकालका लागि बन्द छ।

यस कुण्डमा विरामीहरु स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन्। जमिनभित्रबाट निस्कने ४५ देखी ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरिरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रीक, नसा, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड, एसाईतिस लगायतका रोगहरु निको हुने मान्यता रहेको छ।

सिँगा तातोपानीमा जाईकाको स्वोयाम्सेविकाले समेत काम गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया