गणतन्त्र दिवसको संघारमा नेपाल सरकारले छुटेको भूमि समेटेर नयाँ नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । प्राविधिक कारणले त्रुटिबस नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेकोमा नेपालले त्यसलाई सच्याउँदै नयाँ नक्सा सार्वजनिक गरेर ऐतिहासिक कार्य गरेको छ ।
तत्कालिन समयमा ब्रिटिस ईण्डिया र पछि भारतीय शासकहरु समेतले नेपालसँग नक्सा कोर्ने प्रविधि नहुँदा सहमतिमा नक्सा बनाएका थिए । उक्त नक्साको एक भागमा कालापानी, लिपुलेक र लिम्पियाधुरा हुनुपर्ने भएपनि उक्त भू–भाग छुटाईयो ।
नक्सा निर्माणमै धोका दिने भारतीय हर्कतबारे तत्कालिन शासकहरुले मेसो पाएनन वा सो समय नेपालले नै भोगचलन गरिरहेकाले पछि सच्याउने ठानेर गौण विषय माने । भारत चीन लडाईमा नेपालको उक्त भू–भागसम्म आएका चिनीयाँ सैनिकलाई टिंकर भंज्याङ त कटाईयो तर जाली ईण्डियाले कालापानी तत्काल छाडेन ।
पछि हडपेर बसेको भूभागलाई आफ्नै दाबी गर्ने छिमेकी दुष्टराष्ट्र भारतले अहिले नक्सामै छापेको छ । जवाफमा आफ्नो भूमिलाई नक्सामा छापेर भारतीय विस्तारवादलाई जवाफ दिएको सरकार संविधानमा समेट्नबाट चुकेको छ ।
गणतन्त्रको मुखमा भारतीय दवावमै चुकेको बताईरहँदा सरकार अनि सबैदलका नेतालाई यो गणतन्त्र दिवसले आफ्नो भूमि फिर्ता सहित नक्सालाई संविधानकृत गर्न शक्ति र सद्बुद्धि प्रदान गरोस् कामना गर्दछु ।
वास्तबिक नक्सा बनाएर नेपाल सरकारले नेपाली जनताहरुसंग पाएको विश्वास र भरोसालाई यथावत राख्न सकोस् भन्ने अपेक्षा गर्दछु ।
जय गणतन्त्र दिवस ।