Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेकी वेब सिरिज ‘पाताल लोक’ मा नेपाली महिलालाई तुच्छ शब्द प्रयोग गरेर गाली गरेको भन्दै नेपाली कलाकारले विरोध जनाएका छन्।

उक्त सिरिजमा एक महिला प्रहरीले अर्की महिलासँग अनुसन्धानका क्रममा नेपाली महिलाको अपमान हुनेगरि गाली गरिएको छ।

यो अपशब्दमाथि चार दिनयता नेपालमा धेरै विरोध भइरहेको छ । यो सिरिज यसै साताबाट अमेजन प्राइम भिडियोमा प्रसारण हुँदै आएको छ । अमेजन प्राइम भिडियोका लागि बलिउड अभिनेत्री अुनष्काले यो सिरिज बनाएकी हुन् ।

शृंखलामा कलाकारहरूले बोलेको अपशब्दको नेपाली चलचित्रका अभिनेत्रीहरू सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । यस्ता अपशब्द मात्र हैन, त्यो वेभ रिलिजलाई रोकेर निर्माता निर्देशकलाई कारबाहीसमेत गर्नुपर्ने माग अभिनेत्रीहरूले उठाएका छन् । त्यसो त नेपाली महिलालाई ‘पाताल लोक’ सिरिजमा गरिएको अश्लील गालीबारे हजारौं नेपालीहरूले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । यहीक्रममा अभिनेत्रीहरूले पनि सामाजिक सञ्जालमार्फत त्यो सिरिजलाई रोक्न माग गरेका छन् ।

उक्त भिडियालाई लिएर नेपाली कलाकारले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै भिडियो हटाउन माग गरेका छन्। अभिनेत्री करिश्मा मानन्धर, गायिका अभय सुब्बालगायतले नेपाली नारीको अपमान भएको भन्दै उक्त भिडियोको विरोध गरेका छन्। अभिनेत्री रेखा थापा, ऋचा शर्मा, केकी अधिकारीले सो अपशब्दले आफ्नो मन दुखेको भन्दै  कुराको खुलेर विरोध गरेका  छन् ।

‘पाताल लोक’ मा गुल पनाग, निरज काबी र जय अहलावत मुख्य भूमिकामा देखिनेछन् । यसै सिरिजबाट अनुष्काले पहिलो पटक ओटीटी प्लेटफर्ममा हात हालेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया