Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरसको संक्रमण नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । बुधबारसम्म संसारभरका १० लाखभन्दा बढी मानिस निको भएर घर फर्केका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा ५७ जनामा कोरोना देखिएको छ । त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । अन्य ३९ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। उनीहरुकाे स्वास्थ्यमा पनि सुधार हुँदै गएको छ ।

नेपालमा मात्रै होइन, अन्य देशमा पनि कोरोनाबाट निको हुनेको संख्या विस्तारै बढ्दै गएको छ । गत २४ घन्टामा १० हजारभन्दा बढी मानिस निको भएर घर फर्केका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, बुधबारसम्म १० लाख पाँच हजार दुई जना कोरोनाबाट निको भएका छन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ ।

बुधबारसम्म संसारभर ३२ लाख २१ हजार ६ सय १७ जनामा कोरोना देखिएको छ । त्यसमध्ये दुई लाख २८ हजार दुई सय ६३ जनाको मृत्यु भएको छ । अहिले १९ लाख ८८ हजार एक सय २५ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये ५९ हजार आठ सय २२ जनाको अवस्था गम्भीर रहेको छ । अन्य कोरोना संक्रमितको अवस्था सामान्य रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया