Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सलाद होस् वा तरकारी र अचारमै किन नहोस् प्याज धेरै खाइने चिज हो । स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा  मात्र सिमित छैन । प्याज खानाले सानातिना धेरै रोगहरु ठिक हुन्छन् ।

आयुर्वेदिक दृष्टिकोणले कयौँ रोगहरु टाढा लैजानका लागि प्याज एकदमै फाइदाजनक हुन्छ । प्याजमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिनहरु हुने भएकाले यसको प्रयोग शरीरको आन्तरिक तथा बाह्य रुपका लागि राम्रो हुन्छ ।

प्याजको प्रयोगले ज्वरोलाई ठिक गर्न पनि सकिन्छ । कोही पनि व्यक्तिलाई ज्वरो आएको छ भने व्यक्तिले प्याजको पत्तालाई एक गिलास पानीमा उमालेर र त्यसलाई सेलाएर खान सक्छ । यसले ज्वरोबाट तुरुन्त आराम मिल्छ ।

जसलाई मधुमेहको समस्या छ, उसलाई प्याजले निकै राम्रो गर्छ । यसले मधुमेहको समस्या सधैं बाहिर राख्न पनि सहयोग गर्छ ।

प्याजले कफलाई बाहिर निकाल्न पनि सहयोग गर्छ । यसका लागि प्याजलाई केही तताएर त्यसको जुस निकालेर चिनीसँग मिसाएर खान सकिन्छ । कफबाट ग्रसित बच्चालाई एक चम्चा र वयस्कले दुई चम्चा यो जुस खाँदा धेरै फाइदा पुग्छ ।

यतिमात्र होइन, गर्मीमा आफूलाई लूबाट बचाउन, गर्मीका कारण हुने उल्टीलगायतका समस्याबाट छुटकरा पाउन पनि प्याज खान सकिन्छ ।

अनि छालासँग सम्बन्धी जुनसुकै समस्यामा पनि प्याज प्रयोग गर्न सकिन्छ, जलेका कारण छालामा समस्या भएको रहेछ भने त्यसलाई पनि समाधान गर्न प्याजको लेप लगाउन सकिन्छ । त्यतिमात्र होइन, कुकुरले टोकेको छ भने पनि प्याजको जुस प्रयोग गर्ने हो भने कुकुरको विष बाहिर निस्कन्छ । अनि कपालका लागि पनि प्याज चमात्कारी सावित हुनसक्छ । कपालमा चायाँ हटाउन, कपाल झरिरहने समस्या छ भने प्याजको रसलाई टाउकोमा दल्दा धेरै फाइदा हुन्छ ।

तपाईको प्रतिक्रिया