Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – बिश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले विश्वब्यापीरुपमा फैलिएको कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा विदेशमा कार्यरत नेपाली श्रमिकहरुको सुरक्षाका लागि पहल गर्न अपील गरेको छ ।

महासंघका तर्फबाट संयोजक प्रेमलकुमार खनालले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित सरोकारवला निकायहरुको ध्यानाकर्षण गराउँदै यस्तो अपील गर्नुभएको छ ।

विश्वका विभिन्न मुलुकहरुमा सस्तोमा श्रम बेच्न बाध्य नेपाली श्रमिकहरुको जीवनरक्षा र उनीहरुको रोजीरोटीको भविष्य संकटमा परेकोतर्फ गम्भीर हुन र संभावित पहलकदमी गर्न गराउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै महासंघले अपील गरेको हो ।
प्रेषित विज्ञप्तिमा भनिएको छ – ’नेपालबाट सस्तो श्रममूल्यमा लाखौं श्रमिकहरु श्रमसम्झौता गरी विभिन्न पचासौं मुलुकहरुमा लागि काम गराईएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ती गन्तव्य मुलुकहरुमा पनि लकडाउन भएको छ । लकडाउनका कारण ती देशहरूमा कार्यरत उद्योगधन्दा, व्यापार-ब्यवसाय समेत बन्द भएका कारण नेपाली श्रमिकहरुको जीवन रक्षाका साथै रोजगारी समेत असुरक्षित बन्दै जाने, संक्रमणका कारण कतिपय श्रमिकहरुको मृत्यु हुनुका साथै गम्भीर बिरामीको अवस्थामा रहन बाध्य हुनुपर्ने स्थितिप्रति यतिखेर सम्बद्ध निकायहरू बढी गम्भीर बन्नुपर्ने देखिन्छ ।’

’अन्तर्राष्ट्रिय आप्रवासी कानूनले आप्रवासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिक सरह सुरक्षित हुन र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । यस्तो बिपत्तिको घडीमा नेपाल सरकार र बिदेश स्थित कूटनैतिक नियोगहरु अझ बढी जिम्मेवारीको बोधका साथ नेपाली श्रमिकहरुलाई ती देशहरुमा सुरक्षित साथ बसोवास गराउने, स्वास्थ्य र खानपिनमा हेरबिचार पुर्‍याई समान व्यवहार गर्न गराउन युद्धस्तरमै पहलकदमी गरी सबैको स्थितिलाई सुरक्षित गराउन लाग्न अपील गरिन्छ’ – विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ – ’यसका साथै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मार्फत पनि आप्रवासी श्रमिकहरुलाई पनि सुरक्षित गर्न र समान व्यवहार गर्न गराउन सहयोगका लागि सरकारको तर्फबाट अनुरोध गरी पहलकदमी लिन जरुरी छ । साथै हरेक गन्तव्य मुलुकमा कार्यरत श्रमिकहरुको अवस्थाका बारेमा कूटनैतिक नियोगहरुबाट नियमितरुपमा जानकारी हुने गरी सूचना सम्प्रेषण गर्न प्रभावकारी संयन्त्र निर्माण हुन जरुरी छ ।’ ***

तपाईको प्रतिक्रिया