Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – ३० र ४० वर्षको उमेर समूहमा रहेका युवाहरुमा कोरोनाभाइरसका कारण हृदयघात बढिरहेको चिकित्सकहरुले बताएका छन् ।

बुधबार कोरोनाभाइरस संक्रमित युवाहरुमाथि गरिएको अध्ययन सार्वजनिक गर्दै अमेरिकी चिकित्सकहरुले यो जानकारी दिएका हुन् ।

‘अहिले अस्पतालमा भीड छ भनेर युवाहरु अस्पतालसम्म आएका छैनन्,’ डा थोमस ओक्स्लीले भनेका छन्, ‘तर, कोरोनाभाइरसका कारण नशामा रगत जम्ने र हृदयघात हुने देखिएको छ ।’

उनले यस्तो समस्या ३० वर्ष र ४० वर्षको उमेर समूहका मानिसमा बढी देखिएको पनि बताएका छन् । ५० वर्षभन्दा मुनिका मानिसमा कोरोनाभाइरस संक्रमण हुँदा पनि लक्षण कम देखिएको पनि उनले बताएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया