Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – बेलायतले कोरोनाभाइरस संक्रमणविरुद्धको खोप मानिसमा परीक्षण गरेको छ । अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुले ३ महिना लगाएर विकास गरेको खोप दुई जना मानिसमा परीक्षण गरेको हो ।

बीबीसीका अनुसार खोपले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास (एण्टीबडी उत्पादन) गरी शरीरमा प्रवेश गरेको भाइरसलाई मार्ने विश्वास गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले खोप विकास गरेका हुन् ।

प्राध्यापक सारा गिल्बर्टले आफु यस अध्ययनमा निकै आशावादी रहेको बताएकी छन् । उनी आफु यस भ्याक्सिनले संक्रमण रोक्न सक्नेमा ८० प्रतिशत विस्वस्त रहेको बताएकी छन् । बाँकी यसको परिणाम हेरेर मात्र भन्न सकिने बताएकी छन् ।

८०० जनामा खोप परीक्षण गर्ने लक्ष्य रहेको वैज्ञानिकहरुले बताएका छन् । उनीहरु मध्ये आधालाई मेनेन्जाइटिस र आधालाई कोरोनाविरुद्धको नयाँ खोप दिइनेछ तर खोप लिनेहरुलाई कुन खोप हो भन्ने थाहा हुने छैन ।

तपाईको प्रतिक्रिया