Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमण देखिएपछि पाटन अस्पताल भर्ना भएका ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष निको भएर आज घर फर्किएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् । कोरोनालाई जितेर घर फर्किने महिला र पुरुष आमाछोरा हुन् । बेलायतबाट फर्किएको झण्डै एक महिनापछि एकै परिवारका तीन जनामा कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई गत वैशाख १ गते पाटन अस्पताल भर्ना गरिएको थियो ।

पीसीआर टेष्टमा कोरोना नेगेटिभ देखिएपछि बुहारी भने यसअघि नै घर फर्किसकेकी थिइन् । उनीहरूसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ९ पुगेको छ । यसअघि सात जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका थिए ।

तपाईको प्रतिक्रिया