बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौँ – विश्व खेलकुदको सबैभन्दा ठूलो खेल मेला ओलम्पिक गेम्सको २९ औं संस्करण यसै वर्ष जापानमा हुने तय थियो ।

महामारीको रुप लिएको कोरोना भाईरसको कारण आगामी जुलाई अगष्टका लागि तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भइसकेको छ ।

यसैबीच टोकियो ओलम्पिकको मुख्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

बुधबार एक कार्यक्रममा टोकियो ओलम्पिकको मुख्यालयमा कार्यरत ३० वर्षीय हारुमी  कोरोना पोजेटिभ पुष्टि भएको आयोजकले जनाएका छन्।

संक्रमण पुष्टि भएसँगै पीडितलाई क्वारेन्टाइमा पठाइएको छ।

संक्रमितसंगै  काम गरिरहेका अन्य  सबै  कर्मचारीहरुलाई  घरमा सुरक्षित रहनका लागि भनिएको छ।

आयोजना समितीका अनुसार  करिब  ३८ सय बढी कर्मचारीहरु भने जापान सरकारले संकटकाल घोषणा गरेदेखि  नै घरबाटै काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया