Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा ३४ जना रेजिडेन्ट चिकित्सक पठाएको छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि मन्त्रालयले सुदूरपश्चिममा रेजिडेन्ट चिकित्सक पठाएको हो ।

चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स)मा एमडी अध्ययरत चिकित्सकहरु उपचारका लागि धनगढी पुगिसकेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनका अनुसार चिकित्सकहरुलाई १ महिनासम्म उपचारमा खटाउने तथा आवश्यकताअनुसार समय बढाइनेछ ।

नेपाल कोरोना संक्रमित १६ मध्ये ५ जना धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । पछिल्लो पटक वैशाख २ गते २ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार हाल नयाँ संक्रमित देखा परेका छैनन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ । हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरि अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन् भने एकजना निको भएर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया