Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
डिस्चार्ज हुँदै एर्मान्डो पिभेटा । तस्बिर : रोयटर्स

काठमाडौं – दोस्रो विश्वयुद्ध लडेका ब्राजिलका एक ९९ वर्षीय वृद्धले पनि कोरोना जितेका छन् । कोरोना भाइरसबाट संक्रमित ब्राजिली नागरिक एर्मान्डो पिभेटा निको भएर घर फर्किएका हुन् ।

उनी ब्रासिलियामा रहेको आम्र्ड फोर्सेस हस्पिटलबाट मंगलबार डिस्जार्ज भएका थिए । रुघाखोकी लागेपछि ८ दिनअघि अस्पताल भर्ना भएका उनमा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । चिकित्सकहरुले उनलाई गत मार्च २३ देखि नै निगरानी गरिरहेका थिए ।

‘पाको उमेरको भएकाले संक्रमण हुनु नै निकै जोखिम थियो तर, सबैलाई चकित तुल्याउँदै उहाँको अवस्थामा सुधार आयो र उहाँ निको हुनुभयो । उहाँको केसले हामीलाई थप हौसला प्रदान गरेको छ,’ ब्राजिलका संक्रामक रोग विशेषज्ञ हेमर्सन क्रुजले भनेका छन् ।

कोरोना संक्रमणपछि निको हुने एर्मान्डो सबैभन्दा पाका उमेरका व्यक्ति हुन् । यसअघि दोस्रो विश्वयुद्धमा सहभागी एक बेलायती ९९ वर्षीय नागरिक पनि कोरोना भाइरसको संक्रमणपछि निको भएका थिए ।

तपाईको प्रतिक्रिया