Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – कोरोनाभाइरसबाट संक्रमित भएर निको हुनेको संख्या विश्वमा पाँच लाख नाघेको छ। अहिलेसम्म पाँच लाख १० हजार ३५०  जना निको भएका छन्।

विश्वभर संक्रमितको संख्या २० लाख ८३ हजारभन्दा बढी पुगेको छ। तीमध्ये एक लाख ३४ हजार ६१६  जनाले ज्यान गुमाएका छन्।

निको र मृत्यु हुनेबाहेक अहिले संक्रिय संक्रमितको संख्या १४ लाख ३८ हजार पुगेको छ। तीमध्ये चार प्रतिशत अर्थात् ५१ हजार जना गम्भीर बिरामी छन्।

सबैभन्दा बढी चीनका संक्रमित निको भएका छन्। त्यहाँ अहिलेसम्म ८२ हजार ३४१ संक्रमितमध्ये ७७ हजार ८९२ जना निको भएका छन्। त्यस्तै जर्मनीमा एक लाख ३४ हजार संक्रमितमध्ये ७२ हजार ६०० भन्दा बढी निको भएका छन्।

अमेरिकामा भने ६ लाख ४४ हजार संक्रमितमध्ये ४८ हजार ७०० भन्दा केही बढी मात्र निको भएका छन्। दुई लाखभन्दा बढी संक्रमित भेटिएका अमेरिका एक्लो देश हो।

जापानमा ८ हजार ६ सय २६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने १ सय १७८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ७ हजार ७ सय ५७ जना संक्रमित उपचारपछि निको भएका छन्। ***

 

तपाईको प्रतिक्रिया