Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – बेलैमा थप रोकथामको उपाय नगरिए कोरोना भाइरसको संक्रमणबाट जापानमा ४ लाख मानिसको ज्यान जान सक्ने प्रक्षेपण गरिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयको हबाला दिदैं स्थानीय सञ्चारमाध्यमहरुले भनेका छन् -’फैलदों संक्रमण रोक्न थप उपाय नगर्ने हो भने जापानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख पुग्न सक्छ ।’
कोरोना भाइरस संक्रमण सम्बन्धि अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयको एक टिमले फैलदों संक्रमणका कारण गम्भीर अवस्थाका बिरामीका लागि ८ लाख ५० हजार थान भेन्टिलेटर मेशिनको आवश्यक पर्ने जनाएको क्योदो न्यूज र आसाही पत्रिकाले लेखेको छ ।

उक्त प्रक्षेपण होक्काइडो युनिभर्सिटीका प्राध्यापक हिरोशी निशीमुराको रिसर्चमा आधारित भएको बताईएको छ । संक्रमित रोग विशेषज्ञ प्राध्यापक निशीमुराले कोरोना भाइरस संक्रमणको रोकथाम गर्न जापान सरकारलाई समेत सल्लाह, सुझाव र सहयोग गर्दै आईरहेका छन् ।

यता स्वास्थ्य मन्त्रालयले भने प्रक्षेपणको तत्काल पुष्टि गर्न नसकेको बताईएको छ ।

प्रधानमन्त्री शिन्जो आबेले ७० देखि ८० प्रतिशत संक्रमण फैलनबाट कम हुने अपेक्षा सहित अति प्रभावित पिफेक्चरहरुमा आपतकाल घोषणा गरेका छन् ।

राष्ट्रिय टेलिभिजन संस्था एनएचकेका अनुसार जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ ।***

तपाईको प्रतिक्रिया