Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – कोरोना सङ्क्रमण माहामारीबाट बच्न  सरकारले नेपालमा  भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो ।

तर  नेपालमा पछिल्लो पटक भेटिएको २ जना संक्रमितमा  विदेशबाट आएको २५ दिनसम्म कुनै लक्षण नदेखिए पनि  कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ ।  यसले १४ दिन क्वारेन्टाइन बसेर मात्रै संक्रमणबाट जोगिन नसक्ने पुष्टि गरिदिएको छ ।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने संक्रमित दुई व्यक्ति (आमा ८१ वर्ष र छोरा ५७ वर्ष)  र बुहारी ४ चैतमा लन्डनबाट फर्किएका थिए । उनीहरू २५ दिनसम्म कुनै लक्षण देखिएको  थिएन । तर र्‍यापिड टेस्टमा आमा, छोरा र बुहारीको नतिजा पोजेटिभ आएको थियो । त्यसपछि तत्काल उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरेर  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थ्रोट स्वाब पठाइएको थियो ।

पिसिआर परीक्षणमाको नतिजामा आमा–छोराको पोजेटिभ देखिएको छ भने बुहारीको दोस्रोपटक पिसिआर परीक्षण गरेर मात्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

त्यस्तै उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी पनि सुरु भएको छ  । तीन जना कोरोनाको आशंका देखिएपछि झन्डै पाँच सय परिवार बस्ने पेप्सीकोलाको सनसिटी अपार्टमेन्टलाई सोमबारदेखि नै सिल गरिएको छ। र सबैको नमुना संकलन पनि थालिएको छ ।

 

तपाईको प्रतिक्रिया