Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । स्पानिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो एक महिनाअघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै पाराग्वेमा पक्राउ परेका थिए ।

त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाईएको थियो तर उनीहरु ३२ दिनपछि जेलमुक्त भएका हुन् ।

न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको फैसाल नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरी रिहा गरिएको बताएका छन् ।

रोनाल्डिन्हो र उनका दाजु पाराग्वेको एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा त्यहाँ पुगेका थिए । उनीहरुसँग नक्कली कागजात भेटिएपछि होटलबाट उनीहरु पक्राउ परेका थिए ।

रोनाल्डिन्होसँग अहिले आफ्नै देश ब्राजिलको पासपोर्टसमेत छैन । सन् २०१८ मा एक जरिवानापछि उनको पासपोर्ट खोसिएको थियो ।

दुईपटक फिफा प्लेअर अफ दी इअर र एकपटक बालोन डे ओर अवार्ड जितेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलबाट फिफा विश्वकपसमेत जितेका थिए । उनले बार्सिलोना, पीएसजी, एसी मिलानलगायत क्लबबाट फुटबल खेलेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया