Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – राजधानी टोकियो, ओसाका लगायतका घना जनघनत्व भएको सहरीक्षेत्रमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दोरुपमा फैलिन थालेपछि प्रधानमन्त्री शिन्जो आबेमाथि आपतकाल घोषणा गर्न तिब्र दबाब छ ।  यद्यपि उनले आपतकाल घोषणा गर्न अझै हिचकिचाईरहेका छन् ।

हालै सदनको एक सत्रमा बोल्दै प्रधानमन्त्री आबेले भने – ‘आवश्यक परे आपतकाल घोषणा हुन्छ, तर यो भन्दा बढि जापानब्यापी थप संक्रमण बढ्छ जस्तो मलाई लाग्दैन, किनभने रोकथामका लागि हामीले धेरै मिहिनेत गरिरहेका छौं ।’

जापानका चिकित्सा विज्ञहरुले धेरै पहिलेदेखि नै संक्रमण थप फैलिन नदिन आपतकाल घोषणा गरिनुपर्ने नत्र जापानको जनजीवनको स्वास्थ्य अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिदैं आईरहेका छन् । यसैगरी टोकियोकी गभर्नर युरिको कोइके, ओसाका गभर्नर हिरोफुमी योशीमुरा लगायतका प्रमुख सहरकेन्द्रित प्रिफेक्चरका गभर्नरहरुले पनि प्रधानमन्त्री आबेलाई आपतकाल घोषणा गर्न दबाब दिदैं आईरहेका छन् ।

राजधानी टोकियोमा शनिबार १ सय १८ जना नयाँ संक्रमित भेटिएका छन् । जापानमा एकैदिन यति ठूलो संख्यामा संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । तर पनि प्रधानमन्त्री आबेले आपतकाल तथा लक डाउनको घोषणा गर्न किन हिचकिचाईरहेका छन् भन्ने जिज्ञासा यतिबेला जनमानसका उत्पन्न हुनु स्वभाविकै हो ।

जानकारहरुका अनुसार उनी चाहन्छन् जनताहरु स्वविवेकले सुरक्षित रहून्, स्वतस्फुर्त लक डाउनको नियम पालना गरुन् जसले गर्दा सरकारमाथि सम्पूर्ण ब्ययभार बहन गर्न नपरोस् । सोही अनुसार उनले प्रमुख सहरकेन्द्रित प्रिफेक्चरका गर्भनरहरुमार्फत पटक पटक घरबाहिर ननिस्कन, सोसियल डिस्ट्यान्सको नियम पालना गर्न आग्रह गर्दै आईरहेका छन् ।
जापानको जनसंख्या १२ करोड ६० लाख छ । ती मध्य अधिकांश गरिखाने वर्ग, बृद्धा र रोजगारी नभएका विद्यार्थी, एकल महिला जस्ताको संख्या पनि उत्तिकै छ । आपतकाल घोषणा गर्दा त्यसबाट उत्पन्न हुने आर्थिक असन्तुलन, बेरोजगारी, अभाव, महंगी, जस्ता सबैप्रकारका समस्याको सम्बोधन सरकारले गर्नुपर्ने स्थितिको पूर्वमुल्याङ्कन एकातिर छ भने अर्कोतिर सिष्टममा चलेको देश जापानमा केहि हप्ता मात्र थप्प हुँदा यसबाट अर्थतन्त्र, सामाजिक संरचना लगायत अन्य क्षेत्रमा पर्न सक्ने नकरात्मक प्रभावको मूल्य ज्यादै महंगो पर्ने प्रधानमन्त्री आबेको प्रक्षेपण रहेको बुझिएको छ ।

हाइप्रोफाइलका अर्थविज्ञ, चिकित्सा विज्ञ, अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका ज्ञाताहरु रहेका सरकारको सल्लाहकारहरुकै परामर्शमा प्रधानमन्त्री आबेले जापानमा अझै आपतकाल घोषणा गर्नैपर्ने अवस्था नरहेको बुझाई रहेको पाईन्छ । तथापि नागरिकलाई कुनै पनि बेला आपतकाल वा लक डाउन हुन सक्ने बारेमा भने तयारी अवस्थामा रहन जापान सरकारले  निरन्तर सचेत गराउँदै आईरहेको छ ।

हालै मात्र जापान सरकारले न्यून आय भएका १ करोड घरपरिवारलाई ३ लाख येनका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ । वार्षिक कमाई न्यून हुने त्यसमाथि पछिल्लो अवस्थाका कारण कमाईमा प्रत्यक्ष असर परेका त्यस्ता घरपरिवालाई यस्तो राहत रकम उपलब्ध गराउने भएको हो । जापानमा हरेक परिवारको वार्षिक कमाई सरकारले रेकर्ड राख्ने र त्यसैको आधारमा आयकर लिने गर्दछ । सोहीअनुसार न्युनतम कमाइ क्रममा आधारमा  १ करोड घरपरिवार भित्र पर्ने परिवारका घरमुलीले सम्बन्धित सिटी कार्यालयमार्फत यस्तो राहत पाउने भएका छन्।***

तपाईको प्रतिक्रिया