Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – सरकारले घोषणा गरेको लकडाउनबाट  यतिबेला धेरै होटेल बन्द छन्। तर काठमाडौंका केही ठूला होटलहरुले भने नगन्य ग्राहकका बाबजुद पनि सेवा दिइरहेका छन्।

कोरोना संक्रमणका कारण अहिले सरकारले होटलमा बस्ने ग्राहकक मेडिकल सर्टिफिकेट अनिवार्य रुपमा हुनुपर्ने प्रावधान तोकेको छ। उक्त मेडिकल सर्टिफिकेटमा ग्राहक कोरोना भाइरस (कोभिड –१९) बाट संक्रमित नरहेको प्रमाणित गरिएको हुनुपर्नेछ।

काठमाडौंको सोल्टी क्राउन प्लाजामा अहिले लामो समयदेखि बस्दै आएका दुईजना विदेशी नागरिकमात्र रहेको होटलकी मार्केटिङ एक्जुकेटिभ प्रतीक्षा बस्नेतले जानकारी दिइन्। सोल्टीले अहिले होटल बन्द नगरेर खानाको होम डेलिभरी सेवा दिँदै आएको जानकारी दिएको छ।

होटल याक एण्ड यतिका एक कर्मचारीलेअहिले होटलमा एकजना पनि ग्राहक नभएको  बताए। ‘

यसैबीच ठमेलस्थित अलोफ्ट होटलमा भने अहिले पनि करिब २० जना विदेशी पर्यटक बसिरहेको होटलका बिक्री निर्देशक रीना शेरचनले जानकारी दिइन्। होटलले इन–हाउस गेस्टलाई दिइने सुविधालाई मध्यनजर गर्दै रेस्टुरेन्ट पनि संचालन गर्दै आएको उनले बताइन्।

होटलका ग्राहक र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर इन–हाउस डक्टर समेत राखिएको जानकारी उनले बताइन्।

तपाईको प्रतिक्रिया