Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
टोकियो  – शान्ति प्रक्रियालगायतका विषयमा मङ्गलबार नेपालका मुख्य राजनीतिक दलहरुबीच भएको सहमतिको जापान लगायत मित्रराष्ट्रहरुले स्वागत गरेका छन् ।
जापान सरकारका तर्फबाट नेपालस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी दलहरुबीचको निरन्तर प्रयासबाट सहमति गरिएको कार्यतालिका अनुसार नै सो सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।
‘यसबाट नेपाली जनताले पाँचौ विस्तृत शान्ति सम्झौता नयाँ जोसका साथ मनाउने छन्,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जापानी सरकार र जनता शान्ति र संविधानका विषयमा नेपाल र नेपाली जनताका प्रयासमा सहयोग गर्न सधैँ तयार रहेको विश्वास दिलाइएको छ ।
संयुक्त राज्य अमेरिकाले संलग्न सबै पक्षलाई ती सहमतिलाई कार्यान्वयन गर्न प्रोत्साहन गर्दै जारी शान्तिप्रक्रियामा यथोचित सहयोग पुर्‍याउन प्रतिबद्धता जनाएको छ ।
यस सहमतिमा पुग्नका लागि सबै दलले प्रदर्शन गरेको राजनीतिक नेतृत्वको कदर गर्दै नेपालमा लोकतान्त्रिक, स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नेतर्फ यो एक अपरिहार्य कदम रहेको हाम्रो विश्वास रहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता भिक्टोरियाद्वारा आज जारी वक्तव्यमा भनिएको छ ।
यसैगरी युरोपेली सङ्घका नियोग तथा नर्वे र स्विटजरल्यान्डले नेपालको शान्ति प्रक्रियामा लामो समयदेखि थाती रहेका विषयलाई टुङ्गोमा पुर्‍याउन सातबुँदे सहमतिमा भएको हस्ताक्षरको स्वागत गरेका छन् ।
नेपालको विकास प्रक्रियाका साझेदार तथा मित्रका नाताले राजनीतिक दलबीच हिजो भएको समझदारीको स्वागत गर्दै संघले त्यसबाट विस्तृत शान्ति सम्झौता पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।
संघको अध्यक्ष राष्ट्र डेनमार्कको राजदूताबासले विज्ञप्ति जारी गरी पूर्व माओवादी लडाकुहरूको समायोजन र पुनःस्थापना, दिगो शान्ति स्थापनाका लागि लोकतान्त्रिक एवम् समावेशी संविधान लेखनलाई अधिक प्राथमिकता दिन राजनीतिक दल र सरकारसँग आग्रह गरेको छ ।
‘शान्ति प्रक्रियामा संघ, नर्वे र स्विट्जरल्यान्डको निरन्तर सहयोग एवम् पूर्ण समर्थन रहने छ र भावी दिनमा सहायता गर्न तयार रहने छन् ’वक्तव्यमा भनिएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया