शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

कोरोना भाइरससँग जुधिरहेकी जेम्स बन्ड नायिका ओल्गा कुलिलेकोले अब आफू पूर्ण रूपमा ठिक भएको जानकारी दिएकी छिन्। ओल्गाले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएकी हुन्।

उनले १५ मार्चमा सामाजिक सञ्जालमार्फत आफ्नो संक्रमणबारे खबर दिएकी थिइन्। ओल्गाका अनुसार उनी संक्रमणका बेला अस्पताल गइनन्। दुई साता घरमै आइसोलेसनमा बसिरहेकी उनले समयसमयमा सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी पनि दिइरहेकी थिइन्।

ओल्गाले लेखेकी छिन्, ‘म पूर्ण रूपमा स्वस्थ भएकी छु। तर मलाई एक साता असाध्यै गाह्रो भयो। उनलाई उच्च ज्वरो र टाउको असह्य दुख्ने भएकाले धेरैजसो समय सुतेर बिताउँथिन्। ओल्गाले भनेकी छन्, ‘दोस्रो साता मेरो ज्वरो हरायो तर हल्का कफ र धेरै थकान रह्यो।’

तपाईको प्रतिक्रिया