Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – कोरोना महामारीका कारण टोकियोमा हुने भनिएको ओलम्पिक अझै अन्यौलपर्ण अवस्थामा रहेको बताईन्छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले निर्धारित समयमै ओलम्पिक खेल आयोजना गर्ने बारे गम्भीर ढंगले बिचारबिमर्श भईरहेको तर रद्द गर्ने बारे नसोचिएको बताएका छन् । न्यूयोर्क टाइम्ससंग कुरा गर्दै अध्यक्ष बाचले यस्तो बताएका हुन् ।

विश्वका घरानिया खेलकुद आयोजकहरुले भने ओलम्पिक तोकिएकै समय जुलाई २४ देखि सुरु हुनेमा विश्वस्त रहेको बताउँदै आएका छन् । तथापि कोरोना भाइरसको विश्वब्यापीरुपमा फैलिईरहेको महामारीले गर्दा आयोजित कतिपय ठूला ठूला खेलकुद कार्यक्रमहरु रद्द भईरहेका छन् ।

अघिल्लो वर्षको आखिरीतिरबाट चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीले हालसम्म विश्वभरिबाट १० हजार मानिसको ज्यान गईसकेको छ । त्यसैको त्रासका कारण ओलम्पिक स्थगित गर्ने वा रद्द गर्ने भन्ने अन्यौलता सिर्जना भएको हो ।

विश्व ओलम्पिक कमिटीको एक टास्कफोर्स समेत रहेको विश्व स्वास्थ्य संगठनले ओलम्पिक स्थगित वा रद्द गर्ने भन्ने बारे निर्णय गर्ने बेला भईनसकेको प्रतिक्रिया दिएको छ । उसले भनेको छ – ’त्यतिबेला सम्मको स्थिति के हुन्छ, अहिले भन्न सकिदैंन । किनभने हामीसंग अझै साढे चार महिना समय बाँकी छ ।’

ओलम्पिक आयोजक राष्ट्र जापानले ओलम्पिक खेलमा दर्शक तथा खेलाडी गरी करीव ६ लाख मानिसहरु विदेशबाट आउने अपेक्षा गरेको छ । जसबाट अर्वौ डलरको कारोबार हुने अपेक्षा गरिएको सो ओलम्पिक खेलको आयोजनाको तयारीका लागि जापानले १२ अर्व डलर खर्च गरेको बताईएको छ ।

ओलम्पिक कमिटीका अध्यक्ष बाचले भनेका छन् – ‘पूर्व निर्धारित तिथिमितिमै ओलम्पिक हुने र नहुने बिषय आर्थिक कारोबारसंग सम्बन्धित चासोले भन्दा संलग्न तथा सहभागीहरुको स्वास्थ्य सुरक्षाको बिषयले निर्धारण गर्ने छ ।’
’यो संक्रमणको अवधि कहिलेसम्म लम्बिने हो भन्ने हामी कसैलाई थाहा नभएपनि ओलम्पिकको ज्वालासंगै संक्रमणको अन्त्य भएको हेर्न चाहान्छौं’ – अध्यक्ष बाचले भने ।

कतिपयले अहिलेको विषम परिस्थितिमा विश्वभरबाट छानिएका खेलाडीहरुको स्वास्थ्य जोखिममा पार्न नहुने भन्दै ओलम्पिक सार्न वा रद्द गर्नुपर्ने धारणा ब्यक्त गरिरहेका छन् ।
तोकिएकै मितिमा ओलम्पक हुने वा नहुने भन्ने अन्यौलग्रस्त अवस्थाका कारण खेलाडीहरुको पूर्व तैयारी अभ्यासका कार्यक्रमहरु प्रभावित भईरहेको बताईन्छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया