Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई जापानवासी नेपालीले सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्युस्यु क्षेत्रिय कार्य समितिको अगुवाईमा सहयोग संकलन भएको हो ।

धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । सहयोग संकलन अभियानमा हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब, सुदूरपश्चिमेली नेपाली समाज क्युस्यु, नुवाकोट समाज क्युस्यु तथा आवासी करि परोपकारी एवं क्युस्युवासी नेपालीहरुको सहभागिता रहेको थियो ।

अभियानबाट संकलित ३ लाख १ हजार १ सय ११ रुपैयाँ संस्थाका उप-संयोजक सचिन नेम्वाङ, कोषाध्यक्ष सुनिल श्रेष्ठ र सदस्य प्रकाश लामिछानेको उपस्थितिमा धुर्मुस-सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण समारोहमा सिताराम कट्टेल ‘धुर्मुस’ले प्रत्येक दिन सहयोगी मनहरुको बाक्लो उपस्थितिले हौसिएको बताएका थिए । साथै उनले विभिन्न जिल्ला, क्षेत्र तथा देश विदेशमा रहेका नेपाली संघसंस्थाहरुको निरन्तर सहयोगले निर्धारित समयभन्दा अगावै निर्माणको काम सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

यस्तो छ सहयोग संकलनको विवरण
-एनआरएनए क्युस्युका सहसचिव बसन्त घर्त्तीमगरको सक्रियतामा २५,१०१ येन
-एन आर एन क्युस्यु सदस्य कृष्ण हरी पाठकको सक्रियतामा ५५,३२२ येन
-एन आर एन क्युस्यु सदस्य रिपुहरी सापकोटाको सक्रियतामा आवसी करी परोपकारी ग्रुप बाट ४१,०००येन
-सुदूरपश्चिमेली नेपाली समाज क्युस्युका अध्यक्ष दिपु कुँवरको सक्रियतामा २४,०००येन
-एन आर एन क्युस्यु महिला सदस्य पदम कुमारी सुवेदीको सक्रियतामा २४,००० येन
-एन आर एन क्युस्यु सदस्य संजय पौडेलको सक्रियतामा २०,००१ येन
-कार्यसमिति सम्बद्ध व्यक्तिहरु तथा अन्य सामाजिक संघ संस्थाहरुबाट जम्मा २६८,७३० येन

तपाईको प्रतिक्रिया