Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) बाट अतिप्रभावित मुलुकबाट खाद्यान्न र पशुपन्छी वस्तु आयातमा रोक लगाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबारदेखि लागू हुने गरी यो व्यवस्था गरेको हो।

मन्त्रालयले भाइरसको अत्यधिक संक्रमण भएका चीन, दक्षिण कोरिया, इटली, जापान र इरानबाट कुनै पनि प्रकारको पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तु आयात सिफारिस दिने कार्यमा रोक लगाएको छ। अतिप्रभावित यी पाँच मुलुकबाहेक सम्पूर्ण मुलुकबाट पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिसमा मन्त्रालयले रोक लगाएको उपसचिव गंगादत्त आचार्यले जानकारी दिए।

‘कोरोना भाइरसबाट अतिप्रभावित मुलुकबाट यस्ता वस्तु आयात सिफारिस प्रदान गर्ने कार्य तत्कालका लागि स्थगित गरिएको छ’, मन्त्रालयले गरेको व्यवस्थामा भनिएको छ, ‘यसवाहेक समान्य प्रभावित सबै मुलुकबाट कुनै पनि प्रकारको पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिस रोक्का गरिएको छ।’

उपसचिव आचार्यका अनुसार अन्य प्रभावित मुलुकबाट आयात हुने वस्तुको हकमा भने जोखिम अवस्थाको विश्लेषण गरी आवश्यकताका आधारमा क्वारेन्टाइन गरी सुरक्षित भएपछि मात्रै मुलुकभित्र प्रवेश गर्न दिने व्यवस्था गरिएको छ। कोभिड १९ संक्रमित मुलुकबाट आयात इजाजतपत्र नलिइ आयात गरिएका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको कन्साइनमेन्टलाई नष्ट गर्न मन्त्रालयले निर्देशन दिएको छ।

 

तपाईको प्रतिक्रिया