Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – कोरोना (कोभिड–१९) भाइरसको प्रकोपका कारण मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवर्धक अर्थात् करिब ८० प्रतिशत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तरराष्ट्रिय उडानका हवाईयात्री घटे पनि जहाजको उडान सङ्ख्यामा भने कमी नआएको बताउनुभयो । अन्तरराष्ट्रिय हवाई मापदण्डअनुरुप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले यात्रु घटे पनि उडान उडाईरहेका छन् । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ । तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ ।

अन्तरराष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आंकलन गरिएको छ । विमानस्थल सेवाबापत वार्षिक छ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब रु चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । अरू विमानस्थल नाफामै भए पनि सञ्चालन खर्च धान्नै मुस्किल हुने प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

प्राधिकरणका अनुसार अन्तरराष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तरराष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ । ठूलो सङ्ख्यामा उडान भइरहे पनि यात्रुको सङ्ख्या ह्वात्तै घटेको छ । यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको सरोकारवालाको भनाइ छ । पहिला अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले पाँचदेखि ५ हजार ५ सय मात्रै यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया