Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – महामारीको रुप लिएको कोरोन भाइरस संक्रमण प्रकोपको सामना गरिरहेका प्रमुख देशहरूले आफ्ना अर्थतन्त्रलाई खस्किन नदिन अर्बौ डलर खर्च गर्ने योजना अघि सारेका छन्।

इटलीको सरकारले कोरोनाभाइरसको प्रकोपले निम्त्याएका आर्थिक असरसंग जुध्न ११ अर्ब डलर खर्च गर्दै विभिन्न कदमहरू चाल्न लागेको छ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले अर्थतन्त्रमा ऊर्जा भर्न चार अर्ब डलर खर्च गर्ने बताएका छन्। साना व्यवसायलाई सस्तो ब्याजमा ऋण दिन लागिएको छ।

यसैगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि थप खर्च योजना सार्वजनिक गर्न लागेका छन् ।
इटलीको मिलानकी एक सांसद लिअ क्वारटपेल्लेले अभूतपूर्व परिस्थितिको सामना गरिरहेको इटलीले अभूतपूर्व नै कदमहरू चाल्न लागेको बताइन्। उनका अनुसार संसद्‌को आपत्कालीन बैठकमा कर तथा तिरो पर सार्ने, बेरोजगार सहुलियत दिने जस्ता विषयमा छलफल हुँदैछ। इटली सरकारले व्यवसायिक प्रतिष्ठानहरूलाई यसपटक अगष्ट महिनाको सट्टा मार्चमा बिदा दिन अनुरोध गर्न लागेको उनले बताइन्।

कोरोनाभाइरसका कारण ४ सय ६० जनाको ज्यान गएपछि इटलीमा लाउड स्पिकरको प्रयोग गर्दै मानिसहरूलाई घरमै बस्न अनुरोध गरिएको छ।अहिले त्यहाँको सार्वजनिक जीवनमा दोस्रो विश्व युद्धपछिकै कडा प्रतिबन्धहरू लगाइएको छ। तर अत्यावश्यक कामको लागि यात्रा गर्न कसैलाई छेकिएको छैन।

यसैगरी उता अस्ट्रियाका चान्सलरले चिकित्सकको प्रमाणपत्र बिना इटलीबाट कसैलाई पनि अस्ट्रिया प्रवेश गर्न नदिने बताएका छन्। एक नेतालाई कोरोनाभाइरस सङ्क्रमण भएपछि स्पेनको संसद् पनि बन्द गरिएको छ।***

तपाईको प्रतिक्रिया