Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले वीर गणेशमान सिंह टेन-के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ गोपीचन्द्र च्याम्पियन बनेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेका सन्तोषीले निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरिन् । उनले एपिएफकी बिन्द्रा श्रेष्ठलाई पछि पारिन् । बिन्द्रा ४० मिनेट ११.२९ सेकेन्डको समयसहित दोस्रो भइन् । ४० मिनेट ५८.११ सेकेन्डसहित एपिएफकी फूलमती राना तेस्राे भइन् । महिलातर्फ बिर्सना कुमाल चौंथो, रेखा विष्ट पाँचौं बन्दा बेल्जियमकी लेसी, जुनेली सुनार, निर्जला ताम्राकार, राजीना दुलाल र निशा थापा क्रमश छैटौंदेखि दशौंमा रहे ।

पुरुषतर्फ सागकै स्वर्णधारी गोपीले निर्धारित दूरी ३२ मिनेट ०१.२ सेकेन्डको समय निकाल्दै उपाधि जिते एपिएफका गोपीले सागमा १५ सय मिटरमा स्वर्ण जितेका थिए । एपिएफका खिमबहादुर खत्री ३४ मिनेट ३५ सेकेन्डसहित दोस्रो हुँदा ३४ मिनेट ३५.१ सेकेन्डको समयसहित कर्णाली स्पोर्ट्सका नरेश बुढा तेस्रो भए ।

पुरुषतर्फ श्रीकेश राई, अविशेक पाचोक्ति, नन्दनाथ योगी, निर्जेन गुरुङ, शेर थारु, सुनिल बुढाथोकी र पारस शाही चौंथोदेखि क्रमश: दशौँ स्थानमा रहे । उपाधिसँगै सन्तोषी र गोपीले जनही ६० हजार रुपैयाँ प्राप्त गरे। यस्तै दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरे ।

रुट्स फेसन प्रालिको आयोजनामा भएको दौडमा करिब ३ सय खेलाडीले सहभागिता जनाएका थिए । विजेता खेलाडीलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, रुट्स फेसनका प्रबन्ध निर्देशक सजिव तुलाधर, ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिव निलेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

दौड एडिडास शोरुम दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक,रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार सङ्ग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज,शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टङ्‌गाल, बालमन्दिर, पुलिस हेडक्वार्टर, गैरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुन: एडिडास स्वरूम दरबारमार्गमा आएर सकिएको थियो ।

तपाईको प्रतिक्रिया