Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

उदयपुर – जापान सरकारको लगानीमा निर्मित मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवन शुक्रबार एक कार्यक्रमका बिच राजदुत मासामिची साईगोले हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदुत मासामिची साईगोले भवन हस्तान्तरण गरेका हुन् ।

नेपाल नेत्र ज्योति संघ उदयपुरको मातहतमा रहेको सो भवन राजदुताबास, नेपाल सरकार र अन्य निकायको गरी एक करोड ९७ लाख ३४ हजार लागतमा निर्माण भएको हो । नव निर्मित तीन तला रहेको भवनमा जापान सरकारले ८१ हजार एक सय ९२ अमेरिकन डलर अर्थात नेपाली रुपैयाँ करिब ९१ लाख ३४ हजार रुपैयाँ राजदुताबास मार्फत सहयोग उपलब्ध गराएको हो । २०७५ पुस १३ गते दुई पंक्षबिच भएको सम्झौता अनुसार भवन निर्माण कार्य सम्पन्न भइसकेकाले राजदुत साईगोले नेत्र ज्योती संघ उदयपुरलाई भवनको चाबी हस्तान्तरण गरेका हुन् ।

सो नव निर्मित भवनमा सहरी विकास मन्त्रालयले गत आ.व.मा ५० लाख, प्रतिनिधिसभा सदस्य एवंम पुर्वसहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले निर्वाचन क्षेत्र विकास कोष अन्र्तगत ४० लाख, नेत्र ज्योति संघ केन्द्रिय कार्यालयबाट १५ लाख र डा. गोपाल पोखरेलबाट एक लाख रुपैयाँ उपलब्ध भएको नेत्र ज्योती संघ उदयपुरका सभापति राउतले जानकारी दिए ।

जापान सरकार बाहेक अन्य निकायबाट आएको रकमबाट निर्माण भई रहेको माथिल्लो दुई तलाको निर्माण कार्य अन्तिम चरणमा रहेको र आगामी एक महिनाभित्र उद्घाटन गरिने सभापति राउतले जानकारी दिए । नेपाल सरकार र जापान सरकारले अस्पताल सञ्चालनका लागि एक करोड १५ लाख मुल्य बराबरको उपकरण समेत उपलब्ध गराएका छन् ।

चिकित्सक आवासदेखि लिएर अप्रेशन, सेवा प्रवाह गरी ४२ वटा कोठा रहेको भवन शारिरीक रुपमा अशक्त रहेकाले समेत सेवा लिने गरी निर्माण गरिएको संघका उपसभापति कृष्णकुमार भण्डारीले जानकारी दिए । भवन उद्घाटनसँगै आँखा रोगीका बिरामीको अप्रेशन समेत गर्ने गरी अस्पतालका व्यवस्थापकिय कामलाई अघि बढाइएको उपसभापति भण्डारीको भनाई रहेको छ । राजदुत साईगोले नेपाल जापान सरकार बिच सदियौँ देखिको सम्बन्ध रहि आएको बताए । उनले नेपालको विकासका लागि जापान सकारात्मक रहेको भन्दै जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिने गरी विकास निर्माणमा सघाउ पु-याउन जापान सरकार तयारी छ ।

तपाईको प्रतिक्रिया