Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएको छ । चीनबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण अन्य देशहरूमा फैलन थालेपछि डब्लुएचओका प्रमुखको सो भनाइ बाहिर आएको हो ।

चीनबाहिर फैलिएको संक्रमणलाई डब्लुएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबभन्दा धेरै चिन्ताको विषय भएको बताएका छन् । कुनै पनि देशले आफ्नो देशमा यो भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ थियो । इरान, इटाली र दक्षिण कोरियामा देखिएको प्रकोपले सो भाइरसले के गर्न सक्छ भनेर देखाएको उनले बताए । तर, उचित उपाय अपनाए त्यसको प्रकोपलाई नियन्त्रण गर्न सकिने देखिएको उनले बताए।

आआफ्ना देशमा पहिलो संक्रमण देखिएका देशहरूले डटेर यसको संक्रमण नियन्त्रण गर्न लागिपर्न उनले आह्वान गरे । चीनबाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वभर कोरोना भाइरसबाट ८३ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ हजार ८५८ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया