Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – चीनमा कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न अनेकौँ प्रयास भइरहेका छन्। कयौँ सहरमा आवातजावत ठप्प गरिएको छ, मानिसहरु रोग सर्ला भन्ने डरले अलग्गै बसिरहेका छन्।

तर कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको हुबेई प्रान्तस्थित चियानजियाङ सहरले भने प्रकोप रोक्न अनौठो कदम चालेको छ। सो सहरमा आफूलाई संक्रमण भएको भनेर सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्न थालिएको छ, त्यो पनि नगद।

आफूमा कोरोनाको लक्षण देखिएको सूचना दिने व्यक्तिलाई परीक्षणबाट संक्रमण भएको ठहरिए १० हजार युआन अर्थात १४ सय २६ अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ।

कोरोना पुष्टि नभएका बिरामीले २ सय ८५ डलर पाउँछन्। त्यस्तै, रोग पत्ता नलागे पनि तिनले १ सय ४२ डलर पाउँछन्।

यो व्यवस्था बिहीबारबाट लागू गरिएको हो।

चियानजियाङ सहरमा हालसम्म एक सय ९७ जना संक्रमित भइसकेका छन्। जहाँ ९ जनाको ज्यान गएको छ। एजेन्सी

तपाईको प्रतिक्रिया