Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियो – चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न जापानस्थित नेपाली राजदूतावासले जापानबासी नेपालीहरुलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
जापानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको सन्दर्भमा उच्च सतर्कता अपनाउन दूतावासले एक विज्ञप्तिमार्फत अपिल गरेको हो ।

विज्ञप्तिमा भनिएको छ – केही समय देखि विश्वका विभिन्न देशहरुमा कोरोना भाइरसको प्रकोप देखिएको र सो प्रकोप जापानमा समेत देखापरेको व्यहोरा विदितै छ । उक्त महामारी अझै नियन्त्रण हुन सकेको छैन र केही देशहरुमा बढ्दो क्रममा रहेको तथ्य विभिन्न सञ्चार माध्यमबाट जानकारी हुन आएको छ । यस सन्दर्भमा सोबाट बच्न हामी आफैले पनि सावधानी अपनाउनु पर्ने देखिएकोले निम्न बमोजिम गर्नु र गराउनुहुन नेपाली राजदूतावास पुनः हार्दिक अनुरोध गर्दछ ।
१. संक्रमित बिरामीको सम्पर्कमा नआउने
२. भाइरस प्रभावित क्षेत्र र देशको यात्रा नगर्ने र ती क्षेत्र र देशको यात्रा गरेका व्यक्तिहरुसंग सम्पर्क गर्दा सावधानी अपनाउने
३. यथाशक्य सार्वजनिक यातायातको प्रयोग नगर्ने
४. भेटघाट, भेला, जमघट, बैठक जस्ता कार्यक्रमहरु सकभर नगर्ने
५. घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने र साबुनपानीले हात धुने, स्यानीटाइजरको प्रयोग गर्ने
६. जापान सरकारले जारी गर्ने निर्देशन तथा सूचनाहरुको जानकारी लिइरहने र सोही बमोजिम सावधानी र सतर्कताका अपनाउने
७. यदि रुघाखोकी आदि जस्ता लक्षणहरु देखिएमा यथाशक्य विद्यालय तथा अफिस नजाने
८. चार दिनसम्म लगातार ३७ दशमलव ५ डिग्री सेल्सियस भन्दा माथि शरीरको तापक्रम रहेमा तोकिएको मेडिकल सेन्टरमा सम्पर्क गर्ने
यसको संक्रमणबाट बच्न यथाशक्य आफै सावधानी अपनाउँदा आफू बच्न र अरुलाई पनि बचाउन सकिने हुँदा सावधानीका उपायहरु अपनाउन र अरुलाई पनि अपनाउनका लागि प्रेरित गर्नुहुन पुनः अनुरोध गरिन्छ । शंका लागेमा जापान सरकारले उपलब्ध गराएको हटलाइन टेलिफोन नम्बर -050-3816-2787_ वा निम्नलिखित मेडिकल फेसिलिटीमा यथाशक्य चाँडो सम्पर्क राख्नुहुन समेत अनुरोध छ ।
Medical institutions offering assistance in foreign languages
<https://www.jnto.go.jp/emergency/jpn/mi_guide.html>
FAQ about the Novel Virus
<https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/kenkou_iryou/dengue_fever_qa_00014.html>
<https://www.metro.tokyo.lg.jp/english/topics/2020/0214_00covid19.html>

विस्तृत जानकारीका लागि हेर्नुहोस् दूतावासले जारी गरेको सूचना :-

 

तपाईको प्रतिक्रिया