Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – दक्षिण कोरियाका १६ सहरमा कोभिड-१९ का बिरामी भेटिएका छन् । मंगलबारसम्म नौ सय ५५ संक्रमित भएकामा ११ जनाको मृत्यु भएको छ । २२ जना उपचारपछि निको भएर घर फर्केका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित सहर थेगु  हो । त्यहाँ पाँच सय ४३ मा संक्रमण पुष्टि भएको छ ।

संक्रमण बढेपछि नेपाली कामदारलाई बाहिर निस्किन कम्पनीहरूले रोक लगाएका छन् । ‘विगतमा होटेलमा गएर खाना खाने व्यवस्था थियो,’ नेपाली जनसम्पर्क समिति कोरिया थेगु  शाखाका पूर्वअध्यक्ष सुरेश खत्रीले भने, ‘अहिले कम्पनीभित्रै प्याकिङ आउने गरेको छ ।’

कोरियालीहरू भने आवतजावत गरिरहेका छन् । बाहिर गएर फर्किने कोरियालीबाट कोरोना संक्रमण हुने त्रासमा नेपाली छन् । कतिपय नेपाली कामदार दुई-तीन महिनाअघि बिदा सारेर घर फर्किने तयारीमा छन् । कतिपयले त टिकट नै काटिसकेका छन् ।

कोरिया सरकारले मंगलबारसम्म क्वारेन्टाइनको व्यवस्था गरेको छैन । डेगुपछि कोरोना प्रभावित सहर हो ख्यङ्बुक । त्यहाँ दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

बुसानमा ४३, ख्याङ्गीदोमा ४२, सोलमा ४०, ख्यङ्नाममा २३, ख्वाङ्जुमा नौ, ख्वाङ्वनमा ६, ख्याङ्बुक पाँच तथा थेजन, उल्सान र छनबुकमा तीन–तीनजना संक्रमित छन् । त्यस्तै, छुङ्नाम, इन्छन, छन्नाम र छङ्जुमा दुई–दुई तथा सेइछोङमा एकजनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया