Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिले दक्षिण कोरियामा तीव्र रुपमा बढी रहेको त्यहाँका सञ्चार माध्यमले जनाएको छ । मंगलबारसम्म कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेकोे त्यहाँका सञ्चार माध्यमले जनाएको छ ।

२५ लाख जनसंख्या भएको थेगु सहर केन्द्रित भाइरस अहिले कोरियाको विभिन्न स्थानमा फैलिँदै गइरहेकोे छ ।

दक्षिण कोरियामा मंगलबारसम्म ९ सय ७७ जना संक्रमित भएका छन् । सोमबार ८ सय ३३ जना संक्रमित भएकोमा एकै दिन मंगलबार थप १ सय ४४ जनामा संक्रमण देखिएको हो ।

कोरोनाको संक्रमणको केन्द्र थेगु सहरमा रोजगारीको सिलसिलामा आठ हजार नेपाली युवा कार्यरत छन् । थेगु सहरको जनजीवन कोरोनाले गर्दा पूर्ण रुपमा प्रभावित बनेको रोजगारीको सिलसिलामा पुगेका रामेछापका नवीन तामाङले जानकारी दिए ।

वैदेशिक रोजगारीमा दक्षिण कोरिया पुगेको नेपालीको संख्या ४० हजार भन्दा बढी रहेको इपीएस कार्यलयले जनाएको छ । त्यति मात्र नभई कोरिया जान तयार रहेको नेपाली युवाहरूको तालिका पनि कोरोनाकै कारण अनिश्चित बनेको छ । इपीएस कार्यलयका निर्देशक कृष्ण प्रसाद खनालले भने, ‘अहिले कोरिया जान तयार नेपाली युवाहरूलाई पठाउने वा नपठाउने भन्ने टुङ्गो लागेको छैन ।’

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँका नेपालीहरूको अवस्थाबारे स्वास्थ्य मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत अन्य सम्बन्धीत निकायसँग छलफल भइरहेको उनले जानकारी दिए । तर, तत्काल ल्याउने वा नल्याउने विषयमा टुङ्गो नलागेको उनले बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया