Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – कोभिड १९ अर्थात कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जना गरी ज्यान गुमाएका समाचार संस्था सीएनएनले जनाएको छ । यस्तै कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।

यसैबीच दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । हिजो एकै दिन झण्डै २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले देशले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ । देगु लगायतका सहरहरुमा आवातजावात बन्द गरिएको छ ।

कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ । कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ ।

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले कोरियामा रहेका नेपाली नागरिकलाई कोरोना भाइरसबाट बच्न सचेतना  अपनाउन आग्रह गरेको छ ।

ठूलो संख्यामा नेपाली विद्यार्थी र श्रमिक रहेको दक्षिण कोरियामा पनि कोरोना भाइरस फैलिएपछि दूतावासले आइतवार विज्ञप्तिमार्फत आफ्ना नागरिकलाई सचेत रहन आग्र गरेको हो

तपाईको प्रतिक्रिया