Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – नेपाली सेनाले आफ्नो स्थापनाको उत्सव (दिवस) मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहका बीच सेनाले आफ्नो स्थापना दिवस मनाएको हो ।

शुक्रबार आयोजित सेना दिवसको कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च पदस्थ व्यक्तिहरु सहभागी रहे । सेना दिवसको कार्यक्रममा उपराष्ट्रिपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण र उच्चपदस्त सरकारी कर्मचारी, नेपाली सेनाका प्रधान सेनापतिसहित सुरक्षा अंगका प्रमुखहरु सहभागी भए ।सैनिक दिवसको अवसरमा महाशिवरात्रि बढाइँ तथा कवाज, सशस्त्र कला, खुकुरी मार्सल आर्ट लगायतका कौशल प्रस्तुत गरियो । सेनाले हरेक वर्षझैं यस वर्ष पनि महाशिवरात्रिको दिन आफ्नो स्थापना दिवस मनाएको हो ।  सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर आफ्नो स्थापना दिवस मनाउन शुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया