कवाड व्यवसायीले काठमाडौँ महानगरको कार्यालय घेर्दै, बालेनलाई ‘रावण’को संज्ञा
समाचार सुन्नुहोस :
काठमाडौँ – कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ । महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै समितिले आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध लड्न, भिड्न तयार भएर आन्दोलनमा जान लागेको बताए। उनले काठमाडौंका मेयर बालेन शाहलाई रावणको संज्ञा दिएका छन्।
साथै, काठमाडौं महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइजती गरेको उनको आरोप छ । उनले अदालतले कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको विपरीत काम गरिरहेको उल्लेख गरेका छन् ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।