Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

गोरखा – भूकम्पको केन्द्रविन्दु बारपाकदेखि ऐतिहासिकस्थल लिगलिगकोटसम्म अल्ट्रा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । २०७२ साल बैशाख १२ गते भूकम्प गएको दिनको संझनामा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)ले बैशाख १२ गते अल्ट्रा म्याराथन प्रतियोगिता गर्न लागेको अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बारपाक, लिगलिगकोट, गोरखा र नेपालकै पर्यटन विकास गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको आइतबार गोरखामा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरी टानका अध्यक्ष सुवेदीले जानकारी दिए । बैशाख १२ गते बारपाकदेखि अजीरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका हुदै पालुङ्टार नगरपालिकाको लिगलिगकोटसम्म करिब ६२ किलोमिटर दौडाउने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

धार्चे मनास्लु पर्यटन विकास समिति, पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, अजीरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकासँग समन्वय तथा सहकार्य गरी कार्यक्रम गर्ने तानकी महासचिव सरिता लामाले जानकारी दिइन् । म्याराथनमा प्रथम हुनेलाई ८० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद ६० हजार मेडल र प्रमाण पत्र र तेस्रो हुनेलाई ४० हजार मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया