Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – नजिकिँदै गरेको टोकियो ओलम्पिक चर्चामा आइरहन्छ । कहिले चर्चामा आउँछ जापानले गरिरहेको भव्य ओपनिङ तयारी । यसैबीच खेलकुदलाई धार्मिक सहिष्णुतासँग जोड्न जापानले नयाँ कदम चालेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियो ओलम्पिकमा आउने मुस्लिम खेलाडी, अफिसियल र समर्थकहरुको आस्थालाई ध्यानमा राखेर जापानले प्रर्थनाका लागि उचित ठाउँ बनाएको छ । रोयटर्सका अनुसार खेल आयोजना हुने स्थानहरुमा प्रार्थनाका लागि जापानले व्यवस्था गरेको हो । सबै क्षेत्रमा प्रार्थनाका लागि सहज होस भनेर मोबाइल मस्जिदको व्यवस्था गर्न जापान जुटेको हो । ४८ स्क्वायर मिटरको प्रार्थनास्थल ट्रकले विभिन्न स्थानमा पुर्‍याउने छ ।जुलाईबाट शुरु हुने ओलम्पिकका लागि जापानले अधिकांश खेल स्थलमा प्रार्थनास्थल बनाएको बताइएको छ । ओलम्पिक तयारी कमिटीका सिइओ यासुहारु इनोयेले ओलम्पिकमा गएका मुस्लिम एथलेट र समर्थकहरुले प्रार्थना स्थलको प्रयोग गर्नेमा विश्वस्त रहेको बताए । ‘म चाहन्छु कि खेलाडीहरुले उच्च ‘मोटिभेसन’ का साथ प्रतिस्पर्धा गरुन् । त्यसैले हामीले प्रार्थनास्थल बनाएका हौं,’ यासुहारुले टोकियो टावरको छेवैमा राखिएको ट्रकलाई देखाउँदै भने ।

‘मलाई विश्वास छ कि यस कदमले मानिसहरुमा संसारमा फरक मानिसहरु हुन्छन् भन्नेमा चेतना ल्याउने छ । र यसले भेदभावरहित र शान्तिपूर्ण ओलम्पिक र पाराओलम्पिक आयोजनामा मद्दत पुर्‍याउने छ,’ उनले भने । ओलम्पिक आयोजक कमिटीले फरकफरक धार्मिक समुदायका लागि समुचित व्यवस्था गर्न तयारी अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया