Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले पुलिसमाथि ४-२ गोलको रोमान्चक जित निकालेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खेलमा दुई पटक अग्रता लिएर पनि पुलिस पराजित हुन पुग्यो। बुद्धबल तामाङले खेलको २० औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर ३४ औँ मिनेटमा आर्मीका लागि गोल गर्दै सुमन अर्यालले खेल बराबरीमा पुर्‍याए । पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो । दोस्रो हाफमा फेरी पुलिसले नै अग्रता बनायो ।

खेलको ५८ औँ मिनेटमा मानबहादुर परियारले गोल गर्दा पुलिसले पुनः खेलमा अग्रता बनायो । परियारले निरकुमार राइले कर्नरबाट प्रहार गरेको बललाई गोलको दिशा दिएका थिए । खेलको ७७ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै खेललाई फेरी बराबरीमा ल्याए । ८५ औँ मिनेटमा नवयुगले नै अर्को गोल थप्दा आर्मीले खेलमा अग्रता बनायो । त्यसको ५ मिनेटमै सुदिल राइले अर्को गोल थप्दा आर्मीले पुलिसमाथी ४-२ को फराकिलो जित निकाल्यो ।

जितसँगै आर्मी लिगको तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले जितसँगै २३ अंक बनाएको छ भने दोस्रो स्थानको मछिन्द्रको २२ अंक छ । पुलिसको १४ अंक छ । आजको खेलमा दोहोरो गोल गरेसँगै नवयुगको जारी लिगमा ६ गोल पुगेको छ । उनी च्यासलका कप्तान सन्तोष साहुखलसँगै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा छन् ।

तपाईको प्रतिक्रिया