मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडाैं – नेपाल जुडो संघका सदस्य तथा पूर्वप्रशिक्षक मनोजबहादुर केसीको निधन भएको छ । नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकसमेत रहेका केसी पतन्जली डोजोका प्रशिक्षकसमेत रहेका थिए ।

बिहीबार हृदयघात भएपछि पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका केसीलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको नेपाल जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठले जानकारी दिए ।

‘हिजो ‘हार्ट-अट्याक’ भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो,’ महासचिव श्रेष्ठले भने, ‘सोही अस्पतालमा उपचारका क्रममा आज बिहान करिब ५ः४० बजेतिर उहाँले हामीलाई छोड्नुभयो ।’ उनको स्वर्गबासको कामना गर्दै नेपाल जुडो संघले परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया