प्राचिन ऋषिमुनिहरुको पवित्रभूमि नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो । क्षेत्रफलको हिसाबले १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी र धेरै युवाशक्ति रहेको देश नेपाल एक भूपरिवेष्ठित देशको रुपमा बिश्वमाझ आफ्नो परिचय बनाईरहँदा आज किन प्राकृतिक रुपमा ठगिएका, मरुभूमिमा रहेका देशहरुले किन बिकासका उपल्ला चरणहरु पार गरिरहेका पाईन्छन् ।
सम्पूर्ण प्राकृतिक सम्पन्नता हुँदा हुँदै पनि आज किन नेपाल संसारको सामु आफुलाई गरीव देशको सूचीमा राख्न बाध्य भयो या बाध्य बनाईयो । संसारका अविकसित मुलुकहरुले आज यसरी बिकासमा फड्को मार्दै गर्दा नेपाल किन जहाँको त्यँही रहृयो बर्तमान सन्दर्भमा यो अति खोज अनुसन्धानको बिषय बन्ने गरेको छ । विश्व इतिहासलाई हेर्ने हो भने सानो भूगोल र थोरै जनसंख्या त्यसमा पनि युवाशक्ति धेरै भएका कारण सानै देशको विकास छिटो हुने गर्दछ ।
नेपालभन्दा साना सिंगापुर, दक्षिण कोरिया, स्वीजरल्याण्ड, कतार, लक्जेमवर्ग, कुवेत जस्ता देश आज प्रतिब्यक्ति आय तथा ग्रस हृयापिनेस इन्डेक्सका हिसाबले विश्वभर अगाडि छन् । साँच्चै दृढ संकल्पले हाम्रा नेतृत्वको कार्यकौशलताले काम गरे हामी पनि छिट्टै त्यो हैसियत बनाउन सक्ने प्रशस्त आधारहरु छन् ।
देश समृद्ध बन्नका लागि संसारका देशहरुको उदाहरण हेर्ने हो भने कुनै जादुको छडिको जरूरत पर्दैन र कुनै दैवीशक्तिको पनि आवश्यकता रहँदैन, यसका लागि नेतृत्वको बौद्धिक क्षमता, दूरदर्शिता र ब्यक्तिगत स्वार्थ नभएको त्यस्ता दूरदर्शी ब्यक्तिले जब राज्यको बागडोर सञ्चालन गर्दछ, तबमात्र देश समृद्धिको यात्रामा लम्कने गरेको पाईन्छ । यी सबै कुराहरुलाई हेर्दा देशले आजसम्म त्यस्ता सक्षम नेतृत्व पाएकै छैन भन्न सकिन्छ ।
दाताको साथ, सहयोग अनुदान र ऋण सहयोगको भरमा सायद संसारका कुनै मुलुकले समृद्धि हासिल गरेको छैन । यस अर्थमा जबसम्म देशले आफ्नो स्रोत र संशाधनलाई सहि तरिकाले चिन्न र परिचालन गर्न सक्दैन तबसम्म गरिएका भाषण, लेखिएका संबिधान, कानून, प्रचार गरिएका चुनावी घोषणा पत्रहरुले कुनै अर्थ राख्दैन भन्ने कुराहरु समाजमा देखिदै आईरहेका नै छन् र त्यही नेतृत्वको गलत मनशाय र प्रवृतिले गर्दा आज सारा युवाहरु अवसरको खोजीमा देश छोडेर निस्कन बाध्य भएका र पारिएका छन् ।
युवा शक्ति धेरै रहेको देश नेपाल आज सहर छोडेर ग्रामीण भेगमा जाने र हेर्ने हो भने नेपालमा युवा पनि छन् र ? भन्नुपर्ने यो विकराल स्थिति कसले बनायो र बनाउन तल्लिन छ भन्ने कुरा अर्को खोजको बिषय बनेको छ । पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने यो शताब्दीमा आईपुग्दा पनि हामी भने सियो धागोका लागि पनि अरुकै भर परिरहन्छौं ।
कृषिप्रधान देश नेपाल किन खाद्यान्नको लागि हरेक बर्ष भोकमरी ब्यहोरिरहेको छ । समय र देशको भौगोलिक आर्थिक सामाजिक परिवेश अनुरुप शिक्षाको बिकास नभएकै कारण आज रोजगारीका लागि लाखौ युवा देश छोडेर हिड्छन् र राम्रो अवसर पाउने बित्तिकै देश फर्कन चाहँदैनन् ।
कृषिप्रधान देश नेपाल हरेक बर्ष खाद्यान्न भित्र्याएर करौडों रकम विदेश पठाउँछ, प्राकृतिक सुन्दरता बोकेको देशले पर्यटन भित्र्याएर मनग्य आम्दानी गर्नै सक्दैन । जल, जमिन र जडिबुटिको सदुपयोग गर्न नजानेर बर्षेनी ऋण भित्र्याउँदैछ किन ? यसरी आफुसंग भएका स्रोत र साधनलाई नचिनेरै या सदुपयोग नगरेर के गर्दैछन् नेतृत्व कर्ताहरु ?
देशको सर्वांगिण बिकासका लागि त्यस देशको शिक्षाले अति नै महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यस मानेमा जापानको समग्र बिकासमा यहाँको शिक्षालाई सर्वोपरी लिने गर्दछन् जापानीहरु पनि । राजनीतिमा युवाको आह्वान साथै कुनै बिषयमा विशेषज्ञता हासिल गरेको व्यक्ति अवको राजनीतिमा रहनुपर्दछ पनि ।
सबै कुराले सम्पन्न हुँदाहुँदै र रहँदा रहँदै पनि नेपाल आज यो विकराल स्थितिमा रहनुलाई श्रीखण्डको फेदमा रहेरै पनि किन र कहिलेसम्म आची गन्हाई रहने त ?
चिवा, जापान